nmb bank

गृहपृष्ठ समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्ने छ ।’

नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारमा केन्द्रित यस किसिमको सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास पनि व्यक्त गरे ।

नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले हरेक चार वर्षमा आयोजना हुने यस किसिमको सम्मेलनबाट विज्ञान प्रविधिमा आधारित नीति निर्माणमा योग्दान पुग्ने बताए ।

उनले विज्ञान र प्रविधिको उचित विकासबिना मुलुकले विकासको फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिरहेका जानकारी गराए ।

उक्त कार्यक्रममा मुलुकका ३५० भन्दाबढी विज्ञका साथै वैज्ञानिकको उपस्थिति रहेको नाष्टले जनाएको छ । 

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु