nmb bank

गृहपृष्ठ ज्योति विकास बैंककाे नयाँ शाखा अब बेँसीसहरमा

ज्योति विकास बैंककाे नयाँ शाखा अब बेँसीसहरमा

ज्योति विकास बैंककाे नयाँ शाखा अब बेँसीसहरमा

ज्योति विकास बैंकले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा लम्जुङको बेँसीसहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेश राज आचार्यले संयुक्तरुपमा बेँसीसहर नगरपालिका–८ स्थित बेँसीसहर शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन् । 

उक्त कार्यक्रममा  बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति थियो ।

सो शाखाबाट शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी,डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने जनाएको बैंकले छ ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु