काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

2.16K
shares

काठमाडौं । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको बैठकमा उक्त जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री ताकाइचीका अनुसार बिहीबार दिउँसो १२ः३० बजेसम्म मृत्यु हुनेको संख्या ३० पुगेको हो । तर, उक्त संख्यामध्ये केहीको मृत्यु भूकम्पसँग प्रत्यक्ष सम्बन्धित भए–नभएकोबारे अनुसन्धान भइरहेको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मंगलबार अपराह्न ४ः२७ बजे (१९ः२७ जीएमटी) कुमामोतो प्रिफेक्चरमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । करिब १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पले दक्षिणपश्चिम जापानको सो क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य अझै जारी रहेको छ । अधिकारीहरूले क्षतिको विस्तृत मूल्यांकन गर्दै प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन् । सीसीटीभी