पेट्राेलियम पदार्थकाे मूल्य घटाउने सरकारकाे तयारी
वि.सं.२०७९ असार ११ शनिवार १८:३२
shares

सत्तारूढ गठबन्धनकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य कम गर्न सरकारलाई निर्देशन दिएकाे छ । आज(शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी नयाँ मूल्य समायाेजन गर्न निर्देशन दिएकाे हाे ।
यससम्बन्धमा केहीबेरमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार आजैदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गरिनेछ । उक्त निर्णय कार्यान्वयन भए डिजेल र पेट्राेलकाे मूल्यमा प्रतिलिटर ३० देखि २५ रुपैयाँसम्म कम हुने बताइएकाे छ ।
अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

























