काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम सुरू

10.23K
shares

जननेता मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए ।

नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उनको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवर्द्धन गर्दै आएको छ । सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल श्रृंखला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

यस्तै आज कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, असार १२ गते सञ्चारकर्मीसँग अन्तर्क्रिया, १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद, १४ गते राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मूल समारोहको कार्यक्रम एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’को पाँचौँ अंकको सार्वजनीकरण तथा असार १६ गते ज्येष्ठ कम्युनिष्टलाई सम्मानको कार्यक्रम तय गरिएको छ ।

२०५० साल जेठ ३ गते भण्डारी र संगठन विभागका तत्कालीन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।