गृहपृष्ठ नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो
नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो
वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख इन्स्पेक्टर सुनजित तामाङले जानकारी दिए ।
प्रकाशित समय : १४:०६ बजे

















