गृहपृष्ठ प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडी शंकास्पद वस्तु फेला

प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडी शंकास्पद वस्तु फेला

प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडी शंकास्पद वस्तु फेला

नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दैछ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली पनि पुगिसकेको छ । घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए ।

‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु