गृहपृष्ठ उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह
उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह
काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ ।त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
प्रकाशित समय : १३:२२ बजे

















