गृहपृष्ठ महोत्तरीकाे कारागारमै कैदीको मृत्यु

महोत्तरीकाे कारागारमै कैदीको मृत्यु

महोत्तरीकाे कारागारमै कैदीको मृत्यु

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका-१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकाेमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु