विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते
वि.सं.२०७९ असार ९ बिहीवार २०:३४
shares

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्वपश्चिम लोकमार्गस्थित कोसी ब्यारेज र कंकालिनी मन्दिरबीच ना५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिब ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भइ सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

























