nmb bank

गृहपृष्ठ विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । 

हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्वपश्चिम लोकमार्गस्थित कोसी ब्यारेज र कंकालिनी मन्दिरबीच ना५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिब ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भइ सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।    

घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको,  अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

बस चालक फरार भएकाले उनको  खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु