काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  

11.13K
shares

काठमाडौँ, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौँको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई दनुवार रहेकी छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाराको कलैया उपमहानगरपालिका–२७ मौजेरामपुरमा ना२८प७७६८ र ना३४ प ७९२२ नम्बरको दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ना३४प ७९२२ नम्बरको मोटरसाइकलमा सवार करैयामाई गाउँपालिका–१ बस्ने २२ वर्षीय तबरेज आलम रहेका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरस्थित सडकमा क प्र०२–००१ त ०२४८ नम्बरको ट्याक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय जगतबहादुर विक रहेका छन् । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित सडकमा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया बिमला खड्का रहेकी छन् । 

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–११ स्थित सडकमा को३३प ४२४१ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार ३० वर्षीया देवकुमारी श्रेष्ठ रहेकी छन् ।