global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला बैंकले केन्द्रीय कार्यालयका शौचालय सार्वजनिक बनायो

सांग्रिला बैंकले केन्द्रीय कार्यालयका शौचालय सार्वजनिक बनायो

सांग्रिला बैंकले केन्द्रीय कार्यालयका शौचालय सार्वजनिक बनायो

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलेले बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेका शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने भएको छ । निर्णयको सम्झौता पत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाडौं महानगरपालिका मातहतमा रहेको सार्वजनिक-निजी साझेदारी एकाईका नुर निधि न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडाैं महानगरपालिकाको प्रयासमा सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय बिहान ९.३० देखि ५ बजेसम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा कार्यालयको परिसरमा रहेका शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको छ ।

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु