गृहपृष्ठ बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल
बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल
बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मंगलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।
हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नाे कामबाट बाहिरिएका छन् । रेल र लन्डन भूमिगत स्टेशन मंगलबार बिहान बन्द भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।
लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुन: आएको उनले बताएका छन् ।
प्रकाशित समय : ००:५४ बजे



















