global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंक र जय नेपाल सिनेमाबीच सम्झौता, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाबीच सम्झौता, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाबीच सम्झौता, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

मंगलबार (असार १६) काठमाडौंमा आयोजित कार्यक्रममा सिटिजन्स बैंक र जय नेपाल सिनेमाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमामा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै नगदरहित (क्यासलेस) डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउने तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंकले समय–समयमा विभिन्न ग्राहकमुखी सुविधा सञ्चालन गर्दै आएको जनाएको छ।

बैंकले डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।

सिटिजन्स बैंकले हालै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। साथै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजिटल बैंक’ सेवा तथा फ्रीलान्सरलाई लक्षित ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अनुसार हाल देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३९ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु