global ime bank Long Banner Ad

गृहपृष्ठ निजी सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

निजी सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

निजी सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

नाडा अटोमाबाइल्स एशोसिएशन अफ नेपालले सवारी साधनको आयात फुकुवा गर्न माग गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।

भेटमा अध्यक्ष थापाले बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएको वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएको वृद्धिजस्ता विषयहरुले विगत ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको मन्त्री बडूलाई अवगत गराए ।

देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याएको नेपालको अटोमोबाइल क्षेत्रमा खर्बौँको लगानी तथा लाखौँलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासयी हुने अवस्थामा पुगेकाले यसलाई तत्काल सम्बोधन गरी हाल लागि आएको आयात प्रतिबन्ध खुलाउन अध्यक्ष थापाले अनुरोध गरे ।

मन्त्री बडूले कार जिप र भ्यान जस्ता निजी सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध यही असार मसान्तसम्मका लागि मात्र भएकाले धैर्य गर्न अनुरोध गर्दै आउँदो साउन १ गतेदेखि प्रतिबन्ध फुकुवा हुने आश्वासन दिए ।

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु