global ime bank Long Banner Ad

गृहपृष्ठ कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन ९कन्ट्याक्ट ट्रेसिङ० दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।

सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

आन्तरिक मामिलामन्त्री ज्याकमेन शाबानीले प्रभावित प्रान्तका गभर्नरलाई पठाएको पत्रमा इबोलाको सङ्क्रमणबाट उत्पन्न बढ्दो स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । प्रतिबन्धअन्तर्गत राजनीतिकसभा, सार्वजनिक प्रदर्शन, जुलुस तथा अन्य सामूहिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

राष्ट्रपति फेलिक्स शिसेकेदीले सोमबार राष्ट्रको स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै इबोला नियन्त्रणका लागि ३१९ मिलियन अमेरिकी डलर बराबरको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो । उहाँले प्रारम्भिक आपत्कालीन कोष परिचालन गरिसकिएको र त्यसबाट प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन तथा जीवनरक्षा कार्यक्रमलाई सहयोग पुगिरहेको बताए ।

राष्ट्रपति शिसेकेदीले इबोला कुनै अफवाह वा लाजमर्दो विषय नभई गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कट भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न, शङ्कास्पद बिरामीबारे तत्काल जानकारी दिन तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न नागरिकलाई आग्रह गर्े ।

डीआरसीले गत मे महिनाको मध्यतिर हालको इबोला प्रकोप घोषणा गरेको थियो । त्यसयता स्वास्थ्य अधिकारीले समुदायस्तरमा भइरहेको सङ्क्रमण, जनसङ्ख्याको आवतजावत तथा केही प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको बताएका छन् ।

 

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु