global ime bank Long Banner Ad

गृहपृष्ठ डिम्याट खाता नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह, ढिलाइ गरे मेरोसेयर सेवा रोक्का हुन सक्ने

डिम्याट खाता नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह, ढिलाइ गरे मेरोसेयर सेवा रोक्का हुन सक्ने

डिम्याट खाता नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह, ढिलाइ गरे मेरोसेयर सेवा रोक्का हुन सक्ने

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीहरूलाई डिम्याट खाताको वार्षिक नवीकरण शुल्क समयमै भुक्तानी गर्न आग्रह गरेको छ। कम्पनीले लक्ष्मी सनराइज क्यापिटल तथा लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयमार्फत हितग्राही ९डिम्याट० खाता खोली धितोपत्र कारोबार गरिरहेका ग्राहकहरूलाई आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन अनुरोध गरेको हो।

कम्पनीका अनुसार प्रत्येक हितग्राही खातावालाले प्रतिआर्थिक वर्ष १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। सेवाग्राहीहरूले उक्त शुल्क लक्ष्मी सनराइज बैंकको खातामा जम्मा गर्न सक्नेछन् भने डिजिटल माध्यमबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

ग्राहकहरूले आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, ई–सेवा तथा मेरोसेयरको ड्यासबोर्डमार्फत नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्। साथै, लक्ष्मी सनराइज बैंकको ‘लक्ष्मी सनराइज मोबाइल मनि’ एपअन्तर्गतको डिजिटल पे सेवामार्फत पनि शुल्क तिर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क नवीकरण गर्न बाँकी रहेका सेवाग्राहीहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ। केवल मेरोसेयर सेवा मात्र नवीकरण गरेर हितग्राही खाताको शुल्क नतिरेका ग्राहकहरूको हकमा साउन १५ गतेदेखि मेरोसेयर सेवा समेत रोक्का हुन सक्ने भएकाले समयमै डिम्याट खाता र मेरोसेयर दुवै सेवाको शुल्क भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको छ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु