global ime bank Long Banner Ad

गृहपृष्ठ खेलकुद विश्वविद्यालय कार्यदल गठन

खेलकुद विश्वविद्यालय कार्यदल गठन

खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन गराउने उद्देश्यले खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेकाे छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डीसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलबार नियुक्ति पत्र हस्तान्तरण गरे । सो अवसरमा सदस्य-सचिव घिसिङले योजना बनाउन जत्ति जरुरी छ, त्योभन्दा पनि योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु अझ महत्वपूर्ण हुने बताए । 'कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु,’ उनले भने ।

प्रकाशित समय : २३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु