गृहपृष्ठ बिमवाङमा खेलमैदान निर्माण
बिमवाङमा खेलमैदान निर्माण
म्याग्दी । मालिका गाउँपालिका–७ बिमवाङमा खेलमैदान निर्माण गरिएको छ ।
बिमवाङ युवा क्लबले दाताको सहयोग जुटाएर रु २१ लाखमा खरिद गरेको करिब नौ रोपनी जमिनमा खेलमैदान निर्माण गरिएको हो ।
क्लबका अध्यक्ष ओमकार गर्बुजाले भने, “क्लब, आमा समूहलगायत बिमवाङमा रहेका सङ्घ संस्था, स्वदेश तथा विदेशमा रहेका दाताबाट सहयोग जुटाएर जमिन खरिद गरेका हौँ ।”
उनले भन्े मैदानमा “क्रिकेट, ब्याडमिन्टन, भलिबल, बाँस्केटबल, फुटबल र एथलेटिक्स बिधाका खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”
क्लबका सचिव बिष्णु सुवेदीले यसअघि खेलमैदान अभावमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । खेलमैदान परिसरमा सार्वजनिक शौचालय, क्लवको भवनसहितको स्टेज र प्याराफिट निर्माणले पूर्णता पाएको छ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बिमवाङ खेलमैदान निर्माणका लागि रु तीन लाख बजेट विनियोजन गरेको वडाध्यक्ष टकलाल पुनले बताए।
प्रकाशित समय : १८:४८ बजे



















