काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१५ असारदेखि हिमालयन हाइड्रोपावरको आइपीओ खुल्ने

5.73K
shares

हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 

उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ । योमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुले र बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १९ असारसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।