काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाललाई समूह विजेता बन्ने मौका, हङकङविरूद्ध खेल्दै

11.26K
shares

नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलका लागि हङकङको सामना गर्दैछ । किनरारा एकेडेमी क्वालालाम्पुरमा हुने खेल दिउँसो १२ बजे सुरू हुनेछ ।

एक खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज हङकङलाई हराए समूह विजेता बन्ने मौका पाउने छ ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराएको थियो । यसअघि पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको नेपाल लगातार चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।