काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवामा छुट सम्बन्धि सम्झौता

11.03K
shares

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरूलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी, रेडिओलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी परीक्षणलगायत अन्य सेवाहरू समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरूले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै, सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।