गृहपृष्ठ काठमाडौं उपत्यकामा हैजा आउन सक्ने संकेत, सतर्क रहन सुझाव
काठमाडौं उपत्यकामा हैजा आउन सक्ने संकेत, सतर्क रहन सुझाव
काठमाडौं उपत्यकामा हैजा फैलने जोखिम बढेको छ । हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ । उनीहरू सबैको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । हैजा पुष्टि भएका २ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
भर्ना भएका बिरामीहरूमा ३-४ पटक चौलानीजस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको टेकु अस्पतालले जनाएको छ । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको आशंका अस्पतालले गरेको छ ।
कुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिँदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा सर्न सक्ने उल्लेख गर्दे टेकु अस्पतालको रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले खानपानमा थप सतर्कता अपनाउन आग्रह गरे ।
झाडापखालाभन्दा हैजाले स्वस्थ वयस्क व्यक्तिलाई केही घण्टामै मृत्युको नजिक पुर्याउन सक्ने बताउँदै उनले रोग प्रतिरोधक क्षमता कम भएका कुपोषित बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घरोगीलगायत बढी जोखिम रहेको उल्लेख गरे ।
प्रकाशित समय : १५:१५ बजे



















