global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेप्से परिसूचकको पहिरो आज पनि थामिएन

नेप्से परिसूचकको पहिरो आज पनि थामिएन

नेप्से परिसूचकको पहिरो आज पनि थामिएन

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ ।

सेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अंकले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ । यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अंकले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ ।

नेप्सेका अनुसार कुल २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर एक अर्ब ७५ करोड छ लाख १७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहकै आज सेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बीमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बीमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ अंकले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४९३ बराबर रहेको छ । कारोबारका आधारमा प्रभु बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको  ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १० करोड ९२ लाख २६ हजार ७२२, हिमालयन डिस्टिलरी पाँच करोड ७३ लाख ५५ हजार ३९९, एनआईसी एसिया बैंक चार करोड ३५ लाख ७३ हजार ८४४ र नबिल बैंक  चार करोड सात लाख ४४ हजार २५५ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फण्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाए ।

त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाए ।

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु