global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बैंक अफ काठमाण्डूले गर्‍यो प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डूले गर्‍यो प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डूले गर्‍यो प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेकाे छ ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकको प्रदेश १ अन्तर्गतका विराटचोक, विराटनगर, बिर्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभिट्टालगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् ।  

बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित २ लाख सम्मको क्रेडिट कार्ड सुविधा रहेको बैंकले जनाएको छ । 

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाइदालाई ध्यानमा राखी सार्वजनिक सार्वजनिक गरेको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 
 

प्रकाशित समय : २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु