global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा

विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा

विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा

काठमाडौँ । परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रर्दशनीमा राखिएका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘आरम्भ’ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन् ।

पौभा कला सिक्नु भनेको आकृति कोर्नु मात्रै नभई अनुशासन, समर्पण र अन्तरमनसँग जोडिने विषयमा ज्ञान प्राप्त भएको विद्यार्थीहरूले अनुभव सुनाए । उनिहरूद्वारा निर्मित पौभा कलाले परम्परागत कलातर्फ युवापुस्ताको अग्रसरता बढ्दै गएको अनुभूति भएको सिद्धार्थ आर्ट ग्यालरीका निर्देशक सङ्गीता थापाले बताए । “पौभा कलाप्रति युवाहरूको सिकाइले सांस्कृतिक संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ”, उनले भने, “सामूहिक सिकाइले अन्तर पुस्ता आदानप्रदान पनि गर्दछ ।”

प्रदर्शनीमा अलिश श्रेष्ठ, अनिकेत सिंह, अनिल बुद्धाचार्य, आशिष शाक्य, अश्म कंठ, वर्ष लेखी, विकेश शाक्य, दुर्गा बजगाई, एलिजा शाक्य, गगनकुमार ज्यापू, गणेश विश्वकर्मा, जेनी महर्जन, क्रिस्टिना डङ्गोल, लसता शाक्य, लक्ष्मी तामाङ, मनमिका मैनाली, मेरी धिताल, नदीम महर्जन, नरेन्द्र मल्ल, निशा तुलाधर, पलेशवान लामा, प्रसुन कुमार, रोमा लिम्बू, रुबिना प्रजापति, श्रेया मानन्धर, श्रेया तामाङ, श्याम घिमिरे, स्नेहा बज्राचार्य, सोनिशा महर्जन, श्रीप्रिया श्रेष्ठ, सुदन सिंह ठकुरी, सुजना सिंह र सुस्मिता श्रेष्ठले ‘कला आकार’ शीर्षकमा पौभा कला कोरेका छन ।

 

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु