गृहपृष्ठ शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने
शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने
काठमाडौँ, ३१ वैशाखः
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा बिहीबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन । तस्बिर सौजन्यः शिक्षामन्त्रीको सचिवालय/रासस
काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताए ।
त्यस अवसरमा उनिहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैङ्कले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए ।
प्रकाशित समय : १४:१० बजे




















