global ime bank Long Banner Ad

गृहपृष्ठ एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्रयोगकर्ताले एउटै लगइनमार्फत भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सक्नेछन् भने रियल–टाइम अपडेट र डकुमेन्ट प्रि–चेकिङ सुविधा समेत उपलब्ध हुनेछ ।

त्यस्तै यस प्रणालीमार्फत ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट क्रेडिट कार्ड प्रयोग गरी नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने भएकाले डलर कार्डको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।

पर्यटन क्षेत्रका जानकारहरूले यस्तो डिजिटल सेवाले भिसा प्रक्रियालाई सहज बनाउने बताएका छन् भने प्रविधि विज्ञहरूले डेटा सुरक्षा पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु