गृहपृष्ठ भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन, अधुरै रह्यो स्वदेश फिर्तीको आन्दोलन

भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन, अधुरै रह्यो स्वदेश फिर्तीको आन्दोलन

भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन, अधुरै रह्यो स्वदेश फिर्तीको आन्दोलन

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राई पेटसम्बन्धी समस्याबाट पीडित थिए । पाँच दिनअघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।

राई भुटानी राजाका निजी डाक्टर थिए । सन् १९९१ मा भुटानबाट नेपालीभाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राई श्रीमती, र बुवा-आमासहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए ।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु