गृहपृष्ठ ‘जलविद्युतको शक्ति: सेतो सुन’ विषयक गोष्ठी आयोजना हुँदै
‘जलविद्युतको शक्ति: सेतो सुन’ विषयक गोष्ठी आयोजना हुँदै
आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।
नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यल्लाे प्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बिमक, विवाद मध्यस्थकर्ता, बिमा नियमनकारी निकाय, क्षति मूल्यांकनकर्ता लगायतसँग विस्तृत छलफल र अन्तक्र्रिया हुने एसोसिएसनले जनाएको छ ।
नेपालको अर्थतन्त्र तथा समष्टिगत विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए । जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बिमक तथा पूर्नबिमकहरुका लागि गोष्ठी उपयोगी हुने उनले बताए ।
भवितव्य भइ क्षति भएमा क्षतिको मूल्यांकन गर्ने क्षति मूल्यांकनकर्ता, बिमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पूर्ण लगानीकर्ताको लगानी सुरक्षालाई बिमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मणयताको निदान गर्न असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भूमिका हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा जलविद्युत लगानप्कर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनियर, निर्माण व्यवसायी, बैंकर, बिमा तथा पुनर्बिमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्यांकनकर्ता, विवाद मध्यस्थकर्ता, बिमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारी र यस उद्योगसँग सम्बन्धित अन्य व्यवसायी तथा इन्छुक व्यक्ति सहित १५० देखि २०० जनासम्मको सहभागिता हुने आयोजकले पक्षले जनाएको छ ।
जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखि आ-आफ्नो ज्ञान आदान प्रदान तथा बृहत छलफल र प्रस्तुति हुने आयोजक पक्षले जनाएको छ । पछिल्लो समय जलविद्युतको बिमाको विषयलाई लिएर ठूला समस्याहरु देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तक्र्रिया गर्न थालेको हो । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने एसोसिएसनले जनाएको रहेको छ ।
चार वटा सत्रमा सञ्चालन हुने गोष्ठीमा बिमा, जलविद्युत र सर्भेयरका तर्फबाट विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र सोही प्रस्तुतिमा छलफल हुनेछ । एसोसिएसनले सम्पूर्ण निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख र मार्केटिङ विभाग प्रमुख, नियामक निकायदेखि सरोकारवाला निकायहरुलाई गोष्ठीमा सहभागिताका लागि आग्रह गरेको छ ।
प्रकाशित समय : २२:१७ बजे


















