global ime bank Long Banner Ad

गृहपृष्ठ थप १४ जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

थप १४ जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

थप १४ जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ । 

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु