गृहपृष्ठ पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।
पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
संघीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदैआएको छ ।
प्रकाशित समय : १३:५२ बजे



















