global ime bank Long Banner Ad

गृहपृष्ठ रेशम चौधरीलाई भेट्न सिके राउत डिल्लीबजार कारागारमा

रेशम चौधरीलाई भेट्न सिके राउत डिल्लीबजार कारागारमा

रेशम चौधरीलाई भेट्न सिके राउत डिल्लीबजार कारागारमा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर रेशम चाैधरीसँग भेट गरेका छन् । आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका हुन् ।

कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनमा हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु