global ime bank Long Banner Ad

गृहपृष्ठ रवी लामिछानेलाई राप्रपामा तान्न लिङ्देनका अनेक कसरत

रवी लामिछानेलाई राप्रपामा तान्न लिङ्देनका अनेक कसरत

रवी लामिछानेलाई राप्रपामा तान्न लिङ्देनका अनेक कसरत

चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्रकारितालाई विट मार्दै राजनीतिमा होमिने घोषणा गरेसँगै उनकाे राजनीतिको रूपरेखाबारे धेरैले चासाे राखिरहेका छन् । लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका हुन् ।

काठमाडौंको ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेपनि विस्तृत रूपमा सार्वजनिक भएकाे छैन् । उनले पार्टीबाट लड्ने कि स्वतन्त्र लड्ने भन्ने पनि खुलाएका छैनन् । ठिक यसैबेला आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।

लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेनले लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरेको स्रोतकाे भनाइ छ । यसका लागि लागि राप्रपाका दुइ नम्बरी प्रवक्ता ज्ञानेन्द्र शाहीसमेत कसरतमा छन् ।

लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए । पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच संवाद जारी रहेको स्रोत बताउँछ । ‘अहिले पद वा जिम्मेवारीभन्दा पनि सैद्धान्तिक विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

तर राप्रपाकाे मुद्धा राजसंस्थाप्रति सदाशयता राख्ने भएकाले लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । उता उनलाई स्वतन्त्र रूपले चुनाव लड्नका लागि समर्थकहरूले सुझाव दिइरहेका छन् ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु