global ime bank Long Banner Ad

गृहपृष्ठ टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत् टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।

विद्युतीय सूचना प्रणाली (एप)मार्फत् दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत् सेवा दिने कम्पनीले ५० हजार बुझाउनु पर्ने छ । 

एपमार्फत् दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु