गृहपृष्ठ सुनको मूल्य तोलामा ५०० ले बढ्यो
सुनको मूल्य तोलामा ५०० ले बढ्यो
सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १८:३४ बजे