काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई प्रचण्डको सुझाव 

6.29K
shares

 प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अंगको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् ।

प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताए । 

प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नुभएको हो ?’ भन्दै प्रश्न गरेका थिए । 

जबाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए ।

प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि देउवासँग भेट गर्न गएका थिए ।