global ime bank Long Banner Ad

गृहपृष्ठ यस्ता छन् सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा

यस्ता छन् सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा

यस्ता छन् सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो ।

कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलगायत एजेण्डा तय गरेको छ ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । 

एमालेका नेताहरूले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु