global ime bank Long Banner Ad

गृहपृष्ठ चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । 

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देवकुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु