मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज
वि.सं.२०७९ जेठ २९ आइतवार १२:२६
shares

एएफसी एसियन कप छनोटअन्तर्गत कुवेत विरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।
डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् । नेपालले कुवेतसँग पहिलाे हाफमा १ गाेल खाएकाे थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलाे हाफमा रेफ्री र फाेर्थ अफिसियलसँगकाे विवादमा तनावमा देखिएका थिए । नेपालले कुवेतसँगकाे याे खेल ४-१ गाेलअन्तरले गुमाएकाे छ ।

























