गृहपृष्ठ सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन

बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया-डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मंगलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी भेगमा सञ्चारसेवा अवरुद्ध हुने गरेको छ ।

सञ्चार सेवा अवरुद्धपछि यहाँका सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियोे । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा पुनःसञ्चालनमा आएपछि प्रशासनको सेवा निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु