गृहपृष्ठ ज्योति विकास बैंकको विस्तारित काउन्टर साँखुको जहरसिंपौवामा

ज्योति विकास बैंकको विस्तारित काउन्टर साँखुको जहरसिंपौवामा

ज्योति विकास बैंकको विस्तारित काउन्टर साँखुको जहरसिंपौवामा

ज्योति विकास बैंकले साँखुकाे जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।

जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुर्यबहादुर तामाङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु