गृहपृष्ठ गरिमा विकास बैंकका ग्राहकलाई होटल जंगल भिल्ला रिसाेर्टमा छुट
गरिमा विकास बैंकका ग्राहकलाई होटल जंगल भिल्ला रिसाेर्टमा छुट

गरिमा विकास बैंकका ग्राहकले चितवनको होटल जंगल भिल्ला रिसाेर्टमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा सुविधामा आकर्षक छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट प्रदान गर्नेछ । बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।
हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : २१:१२ बजे