गृहपृष्ठ एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाल लगायतका नेताहरु सहभागी छन् ।
प्रकाशित समय : २१:५३ बजे


















