global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डले बालेनलाई भने- तपाईँको जित ठूलो क्रान्ति हो

प्रचण्डले बालेनलाई भने- तपाईँको जित ठूलो क्रान्ति हो

प्रचण्डले बालेनलाई भने- तपाईँको जित ठूलो क्रान्ति हो

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन् । प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रहसमेत गरेका छन् । ‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं ।’

प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताएका थिए । ‘तपाईँको जित बहुत ठूलो कुरा हो, ठूलो क्रान्ति हो’, प्रचण्डले भने, ‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ, याे सराहनीय छ । त्यसैले तपाईँलाई हाम्रो सधैँ साथ र सहयोग हुनेछ ।’

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्डकाे नै रहेको भन्दै प्रशंसा गरेका थिए । गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन् ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु