global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँकाे भ्याइनभ्याइ

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँकाे भ्याइनभ्याइ

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँकाे भ्याइनभ्याइ

जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए ।

बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ । 'सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ', उनले भने, 'असारसम्म जिल्लाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।'

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टर जमिनमा धानखेती हुने गरेको छ । समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ ।

काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ । यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो ।

दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ । कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो ।

चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु