काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ताेलामा ४ सय रूपैयाँ बढ्याे सुनको मूल्य

7.29K
shares

नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार यससँगै छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार १ सय रुपैयाँमा पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे । त्याेभन्दा अघिल्लो दिन साे मूल्य ९८ हजार थियाे ।

बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।