गृहपृष्ठ एनसेलले ल्यायो ‘मनसुन धमाका अफर’

एनसेलले ल्यायो ‘मनसुन धमाका अफर’

एनसेलले ल्यायो ‘मनसुन धमाका अफर’

एनसेल आजियाटा लिमिटेडले 'मनसुन धमाका अफर' ल्याएको छ । जसमा एनसेलका ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्नेछन् ।

यी प्याकहरू बिहीबार (जेठ १९) बाट सञ्चालनमा आउनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रूपमा सम्बोधन गर्न यस अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याक रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रूपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।

डेटाका साथै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सीमा रहेका तीन प्याकहरू पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरूले करसहित १२ रूपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रूपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रूपैयाँमा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरू एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिने एनसेलले उल्लेख गरेकाे छ ।

यस 'मनसुन धमाका अफर' अन्तर्गतका डेटा प्याकहरू र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरू ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र ईसेवा, खल्ती र आइएमई पे लगायतका डिजिटल वालेटहरू बाट पनि सुचारु गर्न सक्नेछन् । सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकहरू ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु