nmb bank

गृहपृष्ठ मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई संघीय सरकारबाट ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई संघ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।

सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई १९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई १६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाई १४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए ।

संघीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । संघ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे-बेँसीसहर-चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

बहुवर्षीय योजनाका रूपमा संघ सरकारले ६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दिने अनुदान, संघीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ ।

संघीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव संकलन गरिरहेका छन् ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु