काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

11.78K
shares

सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका-९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत-११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र इन्स्पेक्टर प्रदीप खड्काले जानकारी दिए ।

गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो । चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य चार लाख ३८ हजार रहेको बताइएको छ ।

चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।